न्यु धौलागिरि बचत तथा ऋण सहकारीको १९ औँ बार्षिक साधारणसभा

  • २४ आश्विन २०७५, बुधबार
  • धिरन खत्री
  • 2152 पटक पढिएको


म्याग्दी, २४ असोज । जिल्लाको सदरमुकाम बेनीबजारबाट कारोबार गर्दै आएको न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेको १९औँ बार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । साधारण सभालाई उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्र थापाले समृद्ध नेपाल सुखी नेपाली बनाउन सहकारीले सरकारको नीतिलाई पालना गर्र्दैे सहकारीको लगानी कृषिको प्रर्वद्धन, विकास र युवालाई रोजगारी सिर्जनातर्फ गर्न संचालनकालाई आग्रह गरेका थिए । नेपालको कृषि खेतीलाई आधुनिकिरण गर्न युवाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै सुलभ ब्याज कर्जा प्रवाह गुर्नपर्ने बताए । सहकारी ऐन नियमअनुसार सहकारीको कारोवारमा पारदर्शितालाई निरन्तरता दिन जोड दिएका थिए ।


साधारण सभाको अवसरमा इमान्दार रुपमा सहकारीमा काम गर्दै आएकी क्यासियर दुर्गा केसीलाई उतकृष्ट कर्मचारीको रुपमा नगद २१ हजार सहित दोषल्लाले कार्यक्रमका प्रमुख अतिथि सांसद थापा र सहकारीका अध्यक्ष लिलाबहादुर बानियाँद्धारा सम्मान गरिएको थियो । म्याग्दी बहुमुखी क्याम्पसमा चौथौ बर्षमा अध्ययनरत गोपाल खत्रीलाई ३३ हजार पर्ढाइ खर्च उपलब्ध गराईएको थियो । सहकारीद्धारा विद्यालयको सिफारिस अनुसार जामुनाखर्क माविमा २ जनालाई २५ हजार ५०० रुपैया, प्रकाश माविमा १ जनालाई ३१ हजार ४०० रुपैया, बेनी सामुदायिक माविका १ जनालाई १३ हजार २०० रुपैया विद्यालयका प्रतिनिधि शिक्षकलाई छात्रवृति हस्तान्तरण गरिएको थियोे ।


बेनी नगरपालिका– २ फापरखेतमा रातो माटो खन्ने क्रममा पुरिएर दिवंगत भएकी कल्पना बोहराका छोराछोरी मिलन र आशा बोहरालाई १५ हजार सहयोग हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा सो परिवारलाई जापानबाट संकलित रकम १९ हजार २०५ रुपैया याम कार्कीद्धारा पीडितलाई हस्तान्तरण गरिएको थियो ।


८७७ जना शियर सदस्य रहेको ४ करोड ७३ लाख ८० हजार २०० रुपैया शियर पुँजी रहेको छ । जगेडा कोष ७९ लाख ४९ हजार १३६ रुपैया, लगानी जोखिम कोष ५५ लाख ७९ हजार १५५ रुपैया रहेको छ । लगानी ३२ करोड ८८ लाख ६८ हजार ९५३ रुपैया, निक्षप संकलन ३१ करोड १२ लाख ४६५ रुपैया रहेको छ । आर्थिक बर्ष २०७४÷७५ मा कुल कारोवार ३६ करोड ९२ लाख, ७४ हजार १२५ रुपैया सहकारीले गरेको छ ।


शियर सदस्य, पत्रकार उपस्थित भएको साधारणसभामा अध्यक्ष बानियाँको प्रगति, सचिव रामजी सुवेदीको सहकारी गतिविधि प्रतिवेदन, कोषाध्यक्ष चन्द्रकुमार केसीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।सहकारी अध्यक्ष बानियाको अध्यक्षता, उपाध्यक्ष अमृतलाल श्रेष्ठको स्वागत र सचिव सुवेदीको संचालनमा भएको कार्यक्रममा शियर सदस्य विमला गौचन, सन्तोष रावल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्र केसीले शुभकामना मन्तव्य राखेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l